मिथिला माध्यमिकी पारिक्रमा आज महोत्तरीको मटिहानी पुग्दै
No Author Assigned | २०८२ फागुन ०७ गते ०९:५४
जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानी पुग्ने भएको छ । हिजो कल्याणेश्वरबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु भारतको गिरिजास्थानमा पुगेर विश्राम गरेका थिए ।
उनीहरु आज बिहानै महोत्तरीको मटिहानीका लागि निस्किएका छन् । मटिहानीमा परिक्रमा यात्रुहरुका लागि प्रत्येक वर्ष झै विशेष स्वागतको तयारी गरिएको छ ।
आज मटिहानीमा रात्री विश्राम गरेर भोली शुक्रबार जलेश्वर, छठौ दिन ९ गते मडई, सातौं दिन १० गते ध्रुव कुण्ड, आठौं दिन ११ गते कंचनवन, नवौं दिन १२ गते पर्वता, दशौं दिन १३ गते धनुषाधाम, एगारहौं दिन १४ गते सत्तोषर, बारहौं दिन १५ गते औरही, तेरहौं दिन १६ गते करुणा, चौदहौं दिन १७ गते विसौल हुँदै कल्याणेश्वरबाट पन्द्रहौं दिन १८ गते जनकपुरधाम आई पुग्नेछ ।
अन्तिम दिन जनकपुरधाम आइपुगेका माध्यमिकी परिक्रमा अन्तगृह परिक्रमा गरी मिथिला माध्यमिकी परिक्रमा समाप्त हुनेछ ।मिथिलाको महाकुम्भ भनेर चिनिने धार्मिक यात्राको रुपमा रहेका माध्यमिकी परिक्रमा १५ दिनको अवधिमा नेपाल भारतका विभिन्न १५ पडावसहित करिब १३३ किलोमिटर यात्रा सहभागीहरुले तय गर्छन । परिक्रमा नेपाल र भारतका गरी १५ स्थानमा रात्रि विश्राम गर्दै अघि बढ्छ । परिक्रमामा लाखौं श्रद्धालुभक्तजनको सहभागिता हुन्छ ।
Facebook Comments