हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

User Image मेयरसाप डेस्क | २०८२ फागुन २७ गते ०७:२१
Image of https://mayorsap.com/storage/photos/shares/aarmy.jpg

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग 'एचजेएनबीएल' २०२६ मा विजयी सुरुवात गरेका छन् ।

नेपाल बास्केटबल सङ्घ 'नेवा' को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा मङ्गलवार देखी सुरु भएको लिगको उद्घाटन खेलमा आर्मीले केभिसी हाउण्ड्सलाई १०७-७९ ले पराजित गरेको हो ।

खेलमा आर्मीले आर्मीले पहिलो क्वाटरमा २९—१७, दोस्रो क्वाटरमा २४—२२, तेस्रो क्वाटरमा २८—२१ र चौथो क्वाटरमा २३—१९ को अग्रता बनाएको थियो । आर्मीका निश्चल महर्जनले सर्वाधिक २७ अंक स्कोर गरे । उनी खेलको मोस्ट भ्यालुएल प्लेअर घोषित भए ।

पहिलो संस्करणमा सहभागी नभएको आर्मीले यस पटक भने उद्घाटन खेलमै जित हात पारेको हो । दोस्रो संस्करणमा आर्मीले छनोट प्रतियोगिता खेलेको थियो र त्यसको उपाधि जित्दै एचजेएनबीएलमा छनोट भएको थियो ।

यस्तै मंगलबार भएको दोस्रो खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले साबिक विजेता टाइम्स इन्टरनेसनल क्लबलाई ९२—७५ पराजित गर्दै विजयी सुरुवात गरेको छ ।पहिलो संस्करणको फाइनलमा टाइम्सले गोल्डेनगेटलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।

टाइम्सले पहिलो क्वाटरमा २५—१८ को अग्रता बनाउँदै राम्रो सुरुवात गरेको थियो । तर गोल्डेनगेटले दोस्रो क्वाटर २५—१९ र तेस्रो क्वाटर ३०—१० ले आफ्नो पक्षमा पार्दै ७३-५४ को अग्रता बनायो । चौथो क्वाटर टाइम्सले २१—१९ ले आफ्नो पक्षमा पारेपनि जित हासिल गर्न पर्याप्त भएन ।

खेलमा गोल्डेनगेटका निकेश मगरले सर्वाधिक ३७ अंक स्कोर गरे । उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव राम चरित्र मेहताले हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगको एक कार्यक्रमबिच उद्घाटन गरे ।

 


Facebook Comments