होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि सहयोग नगरे नेटोको भविष्य संकटमा पर्ने ट्रम्पको चेतावनी
मेयरसाप डेस्क
|
२०८२ फागुन ३२ गते १०:०४
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नगरे नेटोको भविष्य संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।
‘फाइनान्सियल टाइम्स’सँगको अन्तरवार्तामा ट्रम्पले होर्मुज स्ट्रेट सञ्चालनमा ल्याउन युरोपेली मुलुकको सक्रिय सहभागिता अपेक्षित रहेको बताए। उनले कुनै प्रतिक्रिया नआए सुरक्षा गठबन्धन कमजोर हुने सम्भावना रहेको पनि उल्लेख गरे।
ट्रम्पले यसअघि चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र ब्रिटेनसँग होर्मुज स्ट्रेट खुलाउन संयुक्त प्रयासमा सहभागी हुन अपील गरेका थिए। उनले आगामी बेइजिङ भ्रमणअगाडि नै चीनले सहयोग गर्ने विश्वास व्यक्त गर्दै भने, “चीनलाई ९० प्रतिशत तेल यही स्ट्रेटबाट उपलब्ध हुन्छ।”
बेइजिङमा हुने भनिएको बैठक मार्च अन्त्यतिर तय भए पनि, ट्रम्पले चीनले कदम नचाले आफ्नो भ्रमण स्थगित हुन सक्ने संकेत दिएका छन्। समाचार अनुसार, यसबारे उनले अझै स्पष्ट जानकारी दिएका छैनन्।
Facebook Comments