गगनको नेतृत्वले कांग्रेसलाई कमजोर बनायो : नेता बस्नेत

User Image मेयरसाप डेस्क | २०८३ जेठ २८ गते १६:४८
Image of https://mayorsap.com/storage/photos/shares/mohan-basnet-1024x500.png

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले वर्तमान नेतृत्वको कार्यशैलीका कारण पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको आरोप लगाएका छन् ।

विराटनगरमा कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले क्रियाशील सदस्यता नवीकरणको नाममा पुराना र स्थापित नेताहरूलाई योजनाबद्ध रूपमा पाखा लगाउने प्रयास भइरहेको दाबी गरे ।

बस्नेतले शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिजस्ता वरिष्ठ नेताहरूको सदस्यता नवीकरणमै अवरोध गरिएको उल्लेख गर्दै यसलाई कांग्रेस कमजोर बनाउने षड्यन्त्रको संज्ञा दिए ।

उनले वर्तमान सभापति गगन थापाको नेतृत्वमाथि प्रश्न उठाउँदै अब पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।


Facebook Comments