ट्रम्पले गरे शान्ति सम्झौतामा हस्ताक्षर, युद्ध रोक्ने र होर्मुज खोल्ने सहमति (भिडियोसहित)

घट्न थाल्यो तेलको मूल्य

User Image मेयरसाप डेस्क | २०८३ जेठ ३२ गते १२:२१
Image of https://mayorsap.com/storage/photos/shares/trump_2.jpg

लामो समयदेखि विश्वको ध्यान तानेको संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव अब नयाँ मोडमा पुगेको छ। अमेरिका र इरानबिचको युद्ध अन्त्य गर्ने अन्तरिम सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ।

ट्रम्पले पेरिसको भर्साइल्स दरबारमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटघाटका क्रममा शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

बीबीसीका अनुसार ट्रम्पले फ्रान्सको इभियन–लेस–बेन्समा आयोजित जी–७ शिखर सम्मेलनमा भाग लिँदै सम्झौतामा हस्ताक्षर गरेका हुन्। त्यसपछि इरानका राष्ट्रपति पेजेस्कियानले इरानसँगको सम्झौतामा इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरे।

नेपाली समयअनुसार बिहीबार बिहान दुई नेतारूले हस्ताक्षर गरेपछि यो सम्झौता तुरुन्तै लागु भएको छ। शान्ति सम्झौतामा शुक्रबार (जुन १९ मा) जेनेभानजिकै लुसर्नमा हस्ताक्षर गर्ने तालिका थियो, तर फ्रान्सको भर्साइल्स दरबारमा निर्धारित मितिभन्दा एक दिनअगाडि नै हस्ताक्षर गरिएको हो। 

यो सम्झौताले इरानका साथै युद्ध र लेबनानमा पनि द्वन्द्व अन्त्य गर्नेछ भने होर्मुज स्ट्रेट पुनः खोल्नेछ र अमेरिकी नौसेना नाकाबन्दी अन्त्य गर्नेछ।

१४ बुँदे सम्झौतामा इरानले कहिल्यै आणविक हतियार विकास नगर्ने कुरा उल्लेख गरिएको छ। 

यस्तै पुनर्निर्माण र आर्थिक विकासका लागि ३०० अर्ब डलर कोष स्थापना गरिने कुरा पनि सम्झौतामा छ। यद्यपि अमेरिकाले यसमा योगदान गर्न अनिवार्य नभएको जनाइएको छ। 

अमेरिका र इजरेलले इरानमा आक्रमण सुरु गरेको चार महिनापछि दुई पक्षबीच सम्झौता भएको हो।

ट्रम्प प्रशासनले यो सम्झौता ‘कार्यान्वयनमा आधारित’ हुने बताएको छ। आफ्नो प्रतिबद्धता पालना गरेको अवस्थामा मात्र सम्झौताबाट प्राप्त हुने लाभ इरानले पाउने अमेरिकी दाबी छ।

सम्झौताको पूर्ण विवरण सार्वजनिक भएसँगै कैयौँ प्रश्नहरू अझै अनुत्तरित देखिएका छन्। यसले थुप्रै महत्वपूर्ण मुद्दाहरू सम्बोधन नगरेको विश्लेषण भइरहेको छ ।

अमेरिका र इरानबिच अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएसँगै पश्चिम एसियामा जारी युद्ध अन्त्य हुने आशामा बिहीबार एसियाली सेयर बजारहरू स्थिर देखिएका छन् भने कच्चा तेलको मूल्यमा गिरावट आएको छ। 


Facebook Comments