नेपाली बजारमा ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

सुन खरिद गर्ने योजनामा रहेका उपभोक्तालाई केही राहत

User Image मेयरसाप डेस्क | २०८३ असार ८ गते ११:४१
Image of https://mayorsap.com/storage/photos/shares/gold-sun-chadi_1.jpg

नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार ओरालो लागिरहेको छ। पछिल्ला केही दिनयता देखिएको गिरावटले सुन खरिद गर्ने योजनामा रहेका उपभोक्तालाई केही राहत दिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले घटेको छ। यो पछिल्लो समयकै ठूलो दैनिक गिरावटमध्ये एक हो।

योसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार सुनको मूल्य ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा झरेको थियो भने मंगलबार पनि १ हजार ६०० रुपैयाँले घट्दै २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

तीन दिनको अवधिमा सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँले घटिसकेको छ।

सुनसँगै चाँदीको मूल्य पनि निरन्तर घटिरहेको छ। बिहीबार चाँदी प्रतितोला २५० रुपैयाँले घटेर ४ हजार २३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

यसअघि बुधबार चाँदी १०५ रुपैयाँले घटेर ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार १४० रुपैयाँले घट्दै ४ हजार ५९० रुपैयाँमा झरेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको दबाब र डलरको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको जानकारहरू बताउँछन्।


Facebook Comments