यी खतरनाक ८ टोली क्वार्टरफाइनलमा, मेसी–एम्बाप्पे–हालान्ड कसको भिडन्त कोसँग? यस्तो छ पूरा समीकरण

User Image मेयरसाप डेस्क | २०८३ असार २१ गते १३:३२
Image of https://mayorsap.com/storage/photos/shares/screenshot-2026-07-08-133022.png

यी खतरनाक ८ टोली पुगे विश्वकप क्वार्टरफाइनलमा, शुक्रबारदेखि उपाधिका लागि महायुद्ध, मेसी, एम्बाप्पेदेखि हालान्डसम्म कसको भिडन्त को सँग ? यस्तो छ क्वार्टरफाइनलको पूरा समीकरण

फिफा विश्वकप २०२६ अब निर्णायक मोडमा पुगेको छ। अन्तिम–१६ का सबै खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको छ, र अब विश्वकप जित्ने दौडमा केवल आठ टोली मात्र बाँकी छन्।

अन्तिम–१६ अन्तर्गतको अन्तिम दुई खेलमा अर्जेन्टिनाले इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै अन्तिम आठमा स्थान बनायो। यता, स्विट्जरल्यान्डले गोलरहित खेलपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनल यात्रा तय ग¥यो।

ऋब सेमिफाइनलका लागि प्रतिस्पर्धामा साविक उपविजेता फ्रान्स, पूर्वविश्वविजेता स्पेन, अर्जेन्टिना र इङ्ग्ल्यान्डसँगै मोरक्को, बेल्जियम, नर्वे र स्विट्जरल्यान्ड मैदानमा उत्रिनेछन्। यीमध्ये मोरक्को, बेल्जियम, नर्वे र स्विट्जरल्यान्ड पहिलो पटक विश्वकप चुम्ने दाउमा छन्।

पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को आमनेसामने हुनेछन्। विश्व फुटबलका सुपरस्टार किलियन एमबाप्पे उत्कृष्ट लयमा छन्। उनले प्रतियोगितामा हालसम्म सात गोल गर्दै गोल्डेन बुटको दौडलाई रोमाञ्चक बनाएका छन्। यता मोरक्को अर्को ठूलो उलटफेर गर्दै इतिहास दोहो¥याउने लक्ष्यमा छ।यो खेल नेपाली समय अनुसार असार २६ गते विहान १ः४५ बजे, बोस्टन स्टेडियममा हुनेछ 

क्वार्टरफाइनलको दोस्रो खेलमा २०१० को विश्वविजेता स्पेनले बेल्जियमको सामना गर्नेछ । लामिन यामाल, पेड्री, गाभी, रोड्री र निको विलियम्सजस्ता युवा खेलाडीको प्रदर्शनमा भर परेको स्पेन उपाधि यात्रालाई निरन्तरता दिन चाहन्छ भने यता केभिन डी ब्रुयन र रोमेलु लुकाकुको नेतृत्वमा रहेको बेल्जियम पहिलो पटक विश्वविजेता बन्ने सपना पूरा गर्ने दाउमा हुनेछ।

स्पेनका गोलकिपर उनाइ सिमोनले प्रतियोगिताका पाँचै खेलमा क्लिन सिट राखेकाले बेल्जियमलाई गोल गर्न सहज हुने छैन । यो खेल असार २७ गते विहान १२ः४५ बजे, लस एन्जल स्टेडियममा हुनेछ ।

क्वार्टरफाइनलको तेस्रो खेल सबैभन्दा प्रतीक्षित भिडन्त बन्ने देखिएको छ। सात गोलका साथ गोल्डेन बुटको दौडमा रहेका एर्लिङ हालान्डको नर्वे र छ गोल गरेका ह्यारी केनको इङ्ग्ल्यान्ड आमनेसामने हुँदैछन्। विश्व फुटबलका दुई घातक स्ट्राइकरबीचको यो भिडन्तले करोडौं समर्थकको ध्यान तानेको छ। यो खेल असार २८ गते विहान २ः४५ बजे, मायमी स्टेडियममा हुनेछ ।

र, सबैभन्दा धेरै प्रतीक्षा गरिएको चौथो क्वार्टरफाइनलमा लियोनेल मेसीको अर्जेन्टिनाले स्विट्जरल्यान्डको चुनौती सामना गर्नेछ। इजिप्टविरुद्ध अन्तिम ११ मिनेटमा तीन गोल गर्दै चमत्कारिक पुनरागमन गरेको अर्जेन्टिना अब सेमिफाइनलबाट केवल एक कदम टाढा छ। तर ७२ वर्षपछि क्वार्टरफाइनल पुगेको स्विट्जरल्यान्ड पनि अर्को ठूलो इतिहास रच्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।
यो खेल असार २८ गते विहान ६ः४५ बजे, कान्सास सिटी स्टेडियममा हुनेछ ।

 

 


Facebook Comments