गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढी जाने

User Image मेयरसाप डेस्क | २०८३ साउन ७ गते १६:३८
Image of https://mayorsap.com/storage/photos/shares/photo-d6bea31d.jpeg

काठमाडौं । अनशनरत डा. गोविन्द केसीका मागबारे छलफल गर्न सरकारले स्वास्थ्य तथा शिक्षा मन्त्रालयका प्रतिनिधिसहितको वार्ता टोली धनगढी पठाउने तयारी गरेको छ।

डा. केसीले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने प्रक्रियामा भएको राजनीतिक नियुक्ति र स्वार्थ समूहको प्रभावको विरोध गर्दै अनशन थालेका हुन्।

उनले स्वार्थ बाझिने व्यक्तिहरूको नियुक्ति खारेज गर्न, चिकित्सा शिक्षा आयोगका मापदण्ड पालना गर्न र चिकित्सा शिक्षालाई नाफारहित बनाउन माग गरेका छन्।

यस्तै, विगतका सम्झौता कार्यान्वयन, सुदूरपश्चिममा स्वास्थ्य–शिक्षा पूर्वाधार विस्तार, द्वन्द्वपीडितलाई न्याय र उच्च तहका भ्रष्टाचार आरोपको निष्पक्ष छानबिन गर्न पनि उनले सरकारसँग माग गरेका छन्।


Facebook Comments