कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

User Image मेयरसाप डेस्क | २०८३ साउन ७ गते १७:२२
Image of https://mayorsap.com/storage/photos/shares/yemlal-kandel.jpg

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्।

उनीविरुद्ध असार ३२ गते कांग्रेस र नेकपाका १६ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। सोही प्रस्तावमाथि छलफलका लागि बोलाइएको प्रदेशसभा बैठकमै उनले राजीनामाको घोषणा गरेका हुन्।

यसअघि सत्ता साझेदार कांग्रेसका चार मन्त्रीले सरकारबाट सामूहिक राजीनामा दिएका थिए। त्यसपछि कांग्रेसले नेकपासँग नयाँ सत्ता सहकार्य अघि बढाउँदै कँडेल नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो।

कँडेल २०८० चैत २७ गते मुख्यमन्त्री बनेका थिए। केन्द्रको राजनीतिक समीकरण परिवर्तनसँगै कर्णालीमा पनि गठबन्धन फेरिएपछि अन्ततः उनले पद त्यागेका हुन्।


Facebook Comments