प्रदेश सरकारमा सहकार्य गर्न एमाले–नेकपाबीच सहमति
तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर
मेयरसाप डेस्क
|
२०८३ साउन ७ गते १७:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सञ्चालनमा सहकार्य गर्ने विषयमा तीनबुँदे सहमति भएको छ। सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।
प्रदेशमा देखिएको बजेट विवाद, राजनीतिक अस्थिरता र विकासका कामलाई प्रभावकारी बनाउन संयुक्त सरकार गठन गर्ने सहमति भएको जनाइएको छ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले सम्हाल्नेछ।
मधेस र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको टुंगो लगाइने सहमतिमा उल्लेख गरिएको छ।
Facebook Comments