परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

User Image मेयरसाप डेस्क | २०८३ साउन १८ गते १४:४२
Image of https://mayorsap.com/storage/photos/shares/cib.jpeg

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भट्टराईलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार राहदानी ऐन अन्तर्गतको कसुरमा उनलाई कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ गरिएको हो ।

०६८ सालमा उनले उक्त ऐनअन्तर्गत कसुर गरेको फेला परेसँगै भट्टराईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध ०८२ चैतमा मात्रै मुद्दा दर्ता भएको थियो । पक्राउ परेका भट्टराईलाई अदालतमा बुझाउने तयारी भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

 


Facebook Comments