प्रगति विवरण अनलाइनमा प्रविष्ट गर्न स्थानीय तहहरुलाई संघीय मन्त्रालयको निर्देशन

User Image मेयरसाप डेस्क | २०८१ कार्तिक ९ गते ०५:५६
Image of storage/news/1729848588.jpg

काठमाडौँ 

कात्तिक ९: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो प्रगति विवरणमा अनलाइनमा प्रविष्ट गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ ।

सबै ७५३ स्थानीय तहलाई पत्र पठाएर मन्त्रालयले गत आर्थिक वर्षमा हासिल गरेका प्रमुख उपलब्धि र असल अभ्यासलाई अनलाइनमा प्रविष्ट गर्न भनेको हो । 

‘मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्थानीय तहले आर्षिक वर्ष २०८०/८१ सम्म हासिल गरेका प्रमुख उपलब्धी र असल अभ्यास सम्बन्धमा अनुभव तथा सिकाइको आदान–प्रदान सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम निकट भविश्यमा सञ्चालन गरिने भएको हुँदा यसै पत्रसाथ संलग्न लिंकमा आफ्नो स्थानीय तहसँग सम्बन्धित विवरण यथाशीघ्र अनिवार्य रुपमा प्रविष्टि गर्नुहुन निर्णयानुसार अनुरोध छ,’ सबै स्थानीय तहमा पठाइएको पत्रमा उल्लेख छ । 


Facebook Comments