विद्युत प्राधिकरणका कर्मचारीले कुलमान घिसिङलाई बुझाए १६ बुँदे ध्यानाकर्षणपत्र
ध्यानाकर्षणपत्रमा समेटिएका मुख्य बुँदाहरूमा संगठन संरचना पुनःनिर्माण, दरबन्दी यकिन गर्न पारदर्शी प्रक्रिया अपनाउने, कर्मचारीहरूको पदोन्नति तथा कार्यस्थलमा स्वच्छ वातावरण निर्माणलगायतका विषय रहेका छन् ।
Mayorsap
|
२०८१ कार्तिक २५ गते २१:३३
काठमाडौँ, कार्तिक २५: नेपाल विद्युत प्राधिकरणका कर्मचारीले दरबन्दी विवरण स्वीकृतिमा असन्तुष्टि जनाउँदै कार्यकारी निर्देशक कुलमान घिसिङलाई १६ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।
प्राधिकरणमा क्रियाशील ने.वि.प्रा राष्ट्रिय कर्मचारी युनियन र ने.वि.प्रा कर्मचारी कल्याण परिषद्ले संयुक्त रूपमा यो ध्यानाकर्षणपत्र पेश गरेका हुन् । उनीहरूले व्यवसायगत कार्य सञ्चालनका लागि आवश्यक जनशक्तिको यकिन गरी संगठन संरचना र दरबन्दी विवरण तयार नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
ध्यानाकर्षणपत्रमा प्राधिकरणले सरोकारवालाहरूसँग पर्याप्त बहस तथा छलफल नगरी दरबन्दी विवरण स्वीकृत गरेको आरोप लगाइएको छ । कर्मचारीहरूले संस्थागत विकास, संगठनात्मक सुधारर कर्मचारीको हकहित सम्बन्धी विषयमा पनि ध्यान दिन माग गरेका छन् ।
ध्यानाकर्षणपत्रमा समेटिएका मुख्य बुँदाहरूमा संगठन संरचना पुनःनिर्माण, दरबन्दी यकिन गर्न पारदर्शी प्रक्रिया अपनाउने, कर्मचारीहरूको पदोन्नति तथा कार्यस्थलमा स्वच्छ वातावरण निर्माणलगायतका विषय रहेका छन् ।
कर्मचारीहरूको असन्तुष्टिलाई समाधान गर्दै प्राधिकरणलाई थप सुदृढ बनाउने विषयमा घिसिङको कदमप्रति सबैको ध्यान केन्द्रित छ ।
Facebook Comments