मालिकार्जुन गाउँपालिकाः बैंकसम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

मालिकार्जुन गाउँपालिका केन्द्रमा रहेको माछापुच्छ्रे बैंकसम्म आउन नसक्ने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई शिविरको माध्यमबाट वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

No Author Assigned | २०८१ साउन १२ गते ००:४१
Image of storage/news/1722143761.jpeg

दार्चुलाको मालिकार्जुन गाउँपालिकाले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई वडासम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

 

मालिकार्जुन गाउँपालिका केन्द्रमा रहेको माछापुच्छ्रे बैंकसम्म आउन नसक्ने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई शिविरको माध्यमबाट वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो।

 

 

गाउँपालिकाले ८ वटा वडामध्ये ६ वटा वडाहरुमा पुगेर १ सय ५४ जना महिला तथा ८० जना पुरुष गरि कुल २ सय ३४ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । मालिकार्जुन गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख एवं एमआइएस अपरेटर लोकेन्द्रसिंह धामीका अनुसार सामान्य हिंडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकहरु, अपाङ्गता भएका नागरिक, बैंकसम्म स्वयंम उपस्थित हुन नसक्ने अवस्था आएपछि पालिकाले हरेक त्रैमासिकमा सेवाग्राहीहरुलाई वडास्तरबाटै भत्ता वितरण गर्ने गरेको हो ।

 


मालिकार्जुन गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ का वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । वडा नम्बर ७ का ज्येष्ठ नागरिकको खाता भने ग्लोबल बैंकमा खोलिएको छ ।

 

 


Facebook Comments