मिक्वाखोला गाउँपालिकामा चौँरी महोत्सव हुने
पछिल्लो समयमा चौँरीयाक पालनप्रति युवापुस्ताले चासो नदिएसँगै यस पेसा सङ्कटमा पर्ने जाने भन्दै चौँरीयाक पालकहरूलाई प्रोत्साहन तथा मनोबल बढाउन मिक्वाखोला गाउँपालिका–५ले महोत्सवको आयोजन गर्न लागेको हो ।
No Author Assigned | २०८१ साउन २१ गते २१:२०
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव आयोजना हुने भएको छ ।
पछिल्लो समयमा चौँरीयाक पालनप्रति युवापुस्ताले चासो नदिएसँगै यस पेसा सङ्कटमा पर्ने जाने भन्दै चौँरीयाक पालकहरूलाई प्रोत्साहन तथा मनोबल बढाउन मिक्वाखोला गाउँपालिका–५ले महोत्सवको आयोजन गर्न लागेको हो ।
चौँरीयाक गोठ संरक्षण र प्रवद्र्धनले हाम्रो उच्च हिमाली क्षेत्रको सांस्कृतिक, आर्थिक र जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।
महोत्सव आयोजक समितिले जारी प्रेस विज्ञप्तिअनुसार आउँदो शुक्रबारदेखि सोमबार गरी चार दिनसम्म तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव हुने प्रचारप्रसार संयोजक नुपु शेर्पाले जानकारी दिए ।
मिक्वाखोला गाउँपालिकामा फुडफुडगे झरना, हिलिमा झरना, सोदुपोखरी, भूतपोखरी, तीनपोखरी, मिक्वा पोखरी, लोदेनलगायत सयौँ ताल तथा पोखरीको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको आयोजकले जनाएका छन् ।
Facebook Comments