Ad Image

धनगढी उपमहानगरले छिमेकी पालिकालाई पनि शव चिस्यान सेवा दिने

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1722577095.jpg

धनगढी उपमहानगरपालिकाले छिमेकी पालिकाहरूलाई पनि शव चिस्यान सेवा दिने भएको छ।




धनगढी नगरवासीलाई गत मङ्सिरबाट सेवा दिँदै आएको सो पालिकाले माग भएपछि छिमेकी पालिकालाई पनि शव चिस्यान सेवा दिने निर्णय गरेको हो। त्यसका लागि धनगढी उपमहानगरपालिकाले बिहिवार थप दुई वटा शव चिस्यान यन्त्र खरिद गरेको छ। 



यसअघि, उपमहानगरले तीन वटा शव चिस्यान यन्त्र खरिद गरेर नगरवासीलाई सेवा दिँदै आएको थियो। अब धनगढीसँग सिमाना जोडिएका कैलालीको गोदावरी, गौरीगङ्गा नगरपालिका, कैलारी गाउँपालिका र कञ्चनपुरको कृष्णपुर तथा पुनर्वास नगरपालिकालाई पनि सो सेवा दिने नगर प्रमुख गोपाल हमालले बताए।  



छोराछोरी वा अन्य आफन्त विदेश भएका व्यक्तिको मृत्यु भएमा विदेश भएकाहरू नफर्कुञ्जेलसम्मका लागि शव सुरक्षित राख्न शव चिस्यानको प्रयोग भइरहेको छ। शव चिस्यान यन्त्रको माग भएपछि नगर प्रहरीले मृतकको घरसम्मै पुर्‍याउने गरेको छ।