Ad Image

स्थानीय तहका रोजगार सेवा केन्द्रलाई ‘जबहब’को रुपमा विकास गर्नुपर्छः मन्त्री भण्डारी

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1722668225.jpeg

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्थानीय तहका रोजगार सेवा केन्द्रलाई ‘जबहब’को रुपमा विकास गर्ने बताएका छन् ।

 

विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनसँग मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले रोजगार सेवा केन्द्रलाई थप सुदृढ बनाउनु पर्ने पनि बताए ।

 

विश्व बैंकको आर्थिक सहयोगमा सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी रोजगार संयोजक राखिएको छ । तर, ती रोजगार संयोजकको जागिर नै सधै संकटमा पर्ने गरेको छ ।