Ad Image

आठबिसकोट नगरपालिकाको स्याउले बजार नपाउँदा कुहिँदै

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1724320917.jpg

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–५, गोतामकोटमा उत्पादित स्याउ बजार नपाएर कुहिन थालेको छ। किसानहरूले अघिल्लो वर्षको तुलनामा यस पटक बढी स्याउ उत्पादन गरेको तर बिक्री नहुँदा समस्यामा परेका छन्।

 

किसान नरबहादुर शाहीले ७५ वटा स्याउका बोटबाट १० क्विन्टल स्याउ तयार पारिसकेका छन् भने वीरबहादुर भण्डारीले ६० बोटमा फलेका स्याउ बजार र मूल्यको अभावमा समस्या भोगिरहेका छन्।

 

वडाध्यक्ष घनश्याम भण्डारीले उत्पादन गरिएको स्याउलाई विभिन्न बजारमा पठाउन पहल भइरहेको र उत्पादनलाई व्यावसायिक बनाउन आवश्यक प्रविधि र उपचारका बारेमा जानकारी दिने योजना रहेको बताएका छन्। यहाँका स्याउ रोयल र गोल्डेन जातका छन्, जसले विषादीरहित र स्वास्थ्यवर्धक मानिन्छ।