Ad Image

छेडागाड नगरपालिकामा बालबालिकाद्वारा प्रशासनिक भवनमा ताला, बजेट हिनामिनाको आरोप

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1724400033.jpeg

जाजरकोटको छेडागाड नगरपालिकामा बालबालिकाहरूले नगरपालिकाको प्रशासनिक भवनमा ताला लगाएका छन्। शुक्रबार नगर बाल सञ्जालले बाल श्रममुक्त नगरपालिका घोषणा कार्यक्रमका लागि बिनियोजन गरिएको बजेट हिनामिना भएको आरोप लगाउँदै ताला लगाएको हो।

 

नगर बाल सञ्जाल छेडागाडका अध्यक्ष हेमराज दाहालका अनुसार, गत आर्थिक वर्ष ०८०/८१ मा बाल श्रममुक्त नगरपालिका घोषणा कार्यक्रमका लागि बिनियोजन गरिएको बजेटमा ग्रामीण विकास केन्द्र बैतडीले आर्थिक अनियमितता गरेको कारणले ताला लगाउने निर्णय गरिएको हो।

 

बाल सञ्जालका सदस्यहरूको आरोप छ कि ग्रामीण विकास केन्द्र बैतडीले कीर्ते र जालसाजी कागजात तयार गरेर बाल श्रमिकसम्बन्धी कार्यक्रमको लागि सम्झौता भएको रकम दुरुपयोग गरेको छ।

 

तर, ग्रामीण विकास केन्द्र बैतडीका अध्यक्ष विष्णुदत्त जोशीले भने श्रम मन्त्रालयमार्फत आएको बजेटमा कुनै दुरुपयोग नभएको दाबी गरेका छन्। उनका अनुसार, जिल्लाका ६ स्थानीय तहमा बाल श्रमिकसम्बन्धी कार्यक्रम भए पनि छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकामा मात्र काम गरिएको थियो, र त्यस बजेटको दुरुपयोग नभएको दाबी पनि उनले गरेका छन्।