Ad Image

नयाँ पुलको मागमा अनशन बसेका वडा अध्यक्षसहित स्थानीयले अनशन तोडे

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1724401843.png

धनुषा र सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै अनशन बसेका वडा अध्यक्षसहित स्थानीयले प्रादेशिक सरकारसँग सहमति भएपछि चार दिन लामो आमरण अनशन तोडेका छन्।

 

सिरहा–६ का वडा अध्यक्ष इन्द्रजित कुमार गोठियाको नेतृत्वमा सिरहा र धनुषाका स्थानीय जनकपुरधामस्थित मधेश प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि अनशनमा बसेका थिए। उनीहरू मंगलबारदेखि अनशनमा थिए, जसमा सिरहा–४ का वडा अध्यक्ष सुरेन्द्रकुमार यादव, सिरहा नगरपालिका–४ का वडा अध्यक्ष शमशाद आलम, सिरहा–८ का वडा सदस्य रुपेश यादवलगायत १० जना सहभागी थिए।

 

अनशनमा बसेका अध्यक्षहरूको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बेला शुक्रबार बिहान मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह अनशनस्थलमै पुगेर अनशनकारीहरूसँग चारबुँदे सहमति गरेका थिए। सहमति अनुसार, नयाँ पुल निर्माण गरिने र बजेटको व्यवस्था संघ सरकार वा प्रदेश सरकारबाट गरिनेछ। यसपछि मुख्यमन्त्री सिंहले अनशनकारीहरूलाई जुस खुवाएर अनशन तोडाएका हुन्।

 

वडा अध्यक्ष गोठियाले पुल निर्माणको मागमा प्रादेशिक सरकारलाई पटक(पटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएपछि आमरण अनशनको बाटो अपनाएको बताए। अनशनपछि सरकारले माग पूरा गर्ने सहमति जनाएसँगै अनशनकारीहरूले आफ्नो आन्दोलन स्थगित गरेका छन्।