Ad Image

रोङ गाउँपालिकामा व्यावसायिक बेसार उत्पादन सुरु

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1724643236.jpg

इलामको रोङ गाउँपालिकामा व्यावसायिक रूपमा बेसार उत्पादन सुरु भएको छ। गाउँपालिकाको सहयोगमा इको चिया सहकारी संस्थाले यो उत्पादन आरम्भ गरेको हो। स्थानीय उत्पादन वृद्धि गरी किसानलाई आत्मनिर्भर बनाउन बेसार उत्पादनलाई प्राथमिकता दिइएको छ।

 

गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङ्बोका अनुसार, बेसारको उत्पादनले रोङ गाउँपालिकाभित्रको कुल माग धान्न नसक्ने देखिएको छ। वार्षिक करिब १२ हजार केजी बेसारको मागमध्ये करिब ५ हजार केजी गाउँपालिकामा उत्पादन हुने भए पनि बाँकी ७ हजार केजी आयात गर्नुपर्ने अवस्था छ।

 

२०७७ सालमा बुटवलबाट ल्याइएको “कपुरकोट हलेदो २” जातको बेसारको बिउ अहिले ८ सय केजीसम्म उत्पादन गरी इको सहकारीलाई अनुदान दिइएको छ। अहिले ३ सय केजी बेसार प्याकेजिङ्ग गरी बजारमा ल्याउने अन्तिम तयारी भइरहेको छ।

 

रोङ गाउँपालिकामा तीन सहकारीहरू गाभिएर इको चिया सहकारी संस्था बनेपछि बेसार उत्पादनलाई प्रवर्द्धन गर्न थालिएको हो। सहकारीमा चार सय ५५ सदस्य रहेका छन्, र यस वर्ष १ हजार ९ सय ९५ किलो बेसार वितरण गरिएको छ। बजार खोज्न समस्या नभएको र झापाको बिर्तामोडको नजिक भएकाले पनि बजारीकरणमा सहजता रहेको बताइएको छ।