Ad Image

अदालतको आदेशलाई नेताहरूले अपव्याख्या गरेर भ्रम छरे –मेयर बालेन

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1724655737.jpg

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालने)ले अदालतको आदेशको अपव्याख्या गरेर दलका नेताहरुले जनतामाभल भ्रम छरेको आरोप लगाएका छन्। 

 

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै मेयर बालेनले अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम छरेको बताएका हुन् ।सर्वोच्च अदालतको आदेश आएपछि काठमाडौँ महानगरले सो आदेशलाई  सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएको भन्दै उनले ती करिडोरका जग्गामा अब थप संरचना बनाउन नपाइने बताएका छन।

 

अदालतको आदेशअनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट नरोकेको उल्लेख गर्दै सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने बताए।

 

यस्तो छ  बालेनको स्टाटस

कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो । सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ। त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्न बाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ । अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्नु होला ।