Ad Image

छत्रेश्वरी गाउँपालिकामा ८२१ घरधुरीमा खानेपानी धारा निर्माण

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1724659930.jpg

छत्रेश्वरी गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ‘एक घर, एक धारा’ अभियान अन्तर्गत ८२१ घरधुरीमा खानेपानी धारा निर्माण गरिएको छ।

 

३६ योजनामार्फत ५१२ धारा निर्माण गरी २,६२१ जनालाई लाभान्वित गरिएको छ भने सुस्वा परियोजनाबाट थप ३०९ घरमा धारा निर्माण गरिएको छ। 


जनसहभागितासहितको योजनामा कुल २ करोड ७९ लाख रुपैयाँ लगानी भएको छ।