Ad Image

लाखे जात्रा निकाल्न नौमूले गाउँपालिकाले दियो सार्वजनिक बिदा

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1724739032.jpg

दैलेखको नौमूले गाउँपालिकाले मंगलबार (आज) सार्वजनिक बिदा दिएको छ । 


श्रीकृष्ण जन्माष्टमीको अवसरमा नौमूले बजार लगायतका स्थानमा लाखे जात्रा हुने भएकाले मंगलबार सार्वजनिक बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले जानकारी दिएका हुन ।   


शाहीका अनुसार मंगलबारका नौमूले गाउँ कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका सबै वडा कार्यालय र स्वास्थ्य संस्थाबाट प्रदान हुने अत्यावश्यक सेवाहरू बाहेक सबै कामकाज बन्द हुने गरी सार्वजनिक बिदा दिइएको हो ।
साथै सामुदायिक विद्यालयहरुमा समेत सार्वजनिक बिदा दिइएको छ ।