Ad Image

स्थानीय तहमा छायाँ सरकार बनाउने निर्णयमा रास्वपा

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1724749231.jpeg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहमा छायाँ सरकार गठन गर्ने निर्णय गरेको छ।

 

मंगलबारको केन्द्रीय समिति बैठकमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले कार्यविधि प्रस्तुत गरेका थिए । उक्त कार्यविधिको अध्ययन, छलफल र नेताहरुले सुझाव दिएपछि आगामी बैठकबाट निर्णय गर्ने तयारी रास्वपाले गरेको छ । 

 

यसले स्थानीय सरकारको कामकारबाहीमा निगरानी राख्ने अपेक्षा गरिएको छ।