Ad Image

डिलासैनी गाउँपालिकामा विद्यालय बनेको छैन तर विद्यालय भवन निर्माणका लागि आएको रकम ५ वर्षअघि नै भइसक्यो खर्च

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1724823080.jpg

डिलासैनी गाउँपालिका-६, नेगाउँमा रहेको निङ्लासैनी आधारभूत विद्यालयको भवन निर्माणका लागि माग गरिएको रकम भवन नै नबनाई पाँच वर्षअघि नै खर्च भएको पाएइको छ। 
गाउँपालिकाले संघीय सरकारको अनुदानबाट आर्थिक वर्ष २०७७/७८ मा ४१ लाख ८१ हजार ४७२ रुपैयाँको ठेक्का सम्झौता गरी भवन निर्माणका लागि ८ लाख ४८ हजार रुपैयाँ पेस्की दिएको भएपनि अहिलेसम्म भवन निर्माण सुरु नै भएको छैन। 

विद्यालयको पुरानो टिनको छाना भएको भवन जीर्ण भएको र पानी परेका दिनमा कक्षाकोठा हिलाम्मे हुने समस्या रहेको विद्यालयका प्रधानाध्यापक मोहनबहादुर बोहोराले जानकारी दिए। अभिभावकहरूले विद्यालय भवन माग्दा गाउँपालिकाले अघिल्लो प्रशासकीय अधिकृतलाई दोष देखाउँदै आएको गुनासो गरेका छन्। 

यता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर बोहरा भने लेखापरीक्षण सम्पन्न भएपछि पेस्की रकम असुल गर्ने पहल गरिने बताउछन ।