Ad Image

मृतकका परिवारलाई माडी नगरपालिकालद्वारा आर्थिक सहयोग

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1724826703.jpg

भारतमा पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीनजनाको परिवारलाई माडी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। 

नगरपालिकाले गत बिहीबार भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई किरिया खर्च र अन्य आवश्यक सहयोग गर्ने भएको हो । शव ल्याउन पहल गरेको नगरपालिकाले किरिया खर्चबापत प्रत्येक परिवारलाई २५ हजार रुपैयाँ तत्काल उपलब्ध गराइने माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् ।  

बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा गत बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीनजना र दैलेखका एकजना मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो खसेको जनाइएको छ । पहिरोमा परेर माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाई, वडा नं १ भङ्गताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा नं ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोमा पुरिएर घटनास्थलमा मृत्यु भएको हो । उनीहरूको शव शनिबार राति ल्याइएको थियो । पेट्रोलपम्प र बाटो निर्माणमा श्रमिकका रूपमा काम गर्दै आएका उनीहरू पवनहंस हेलिप्याड नजिकको शिविरमा बस्ने गरेका थिए । रासस