जैमिनी नगरपालिकाले सञ्चालन गर्दैछ निःशुल्क लोकसेवा कक्षा


बाग्लुङ । जैमिनी नगरपालिकाले निःशुल्क लोकसेवा कक्षा सञ्चालन गर्ने भएको छ ।
पालिकाले एक सूचना जारी गर्दै निःशुल्क लोकसेवा कक्षा सञ्चालन गर्ने जनाएको हो ।
लोकसेवा कक्षामा सहभागी हुन जैमिनी नगरपालिकामा स्थायी बसोबास भएको हुनुपर्ने छ ।
पालिकाले खरिदार र नासु तहको तयारी कक्षा सञ्चालन गर्ने जनाएको छ ।
कक्षामा सहभागी हुन आउँदो १५ गतेभित्र पालिकाको वेबसाइटमा रहेको गुगल फर्म भर्नुपर्ने छ ।
कक्षा अनलाइन माध्यमबाट हुने पालिकाले जनाएको छ ।
