Ad Image

आठ करोड बढीकाे खर्चमा त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की भवन निर्माण

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739261423.jpg

रुकुमपश्चिम । आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की 

 

भवन निर्माण भएको छ । विसं २०७९ माघदेखि निर्माण सुरु भएको भवन यसै महिना बनेको हो । रङ रोगनलगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई  भवन हस्तान्तरण गरेको छ ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका अनुसार निर्माण कम्पनीलाई रु. सात करोड ५९ लाख ६२ हजार ६८५ भुक्तानी  भइसकेको छ । तीनतले उक्त भवनबाट पालिकाले सेवा प्रवाह पनि प्रारम्भ गरेको छ ।