Ad Image

पाटन क्याम्पसको स्ववियू चुनाव वैशाख २० गतेलाई तोकीयो

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745498719.jpg

काठमाडौं । पाटन संयुक्त क्याम्पसको स्ववियू चुनाव वैशाख २० मा हुने भएको छ । निर्वाचन समितिले वीहीबार एक सूचना जारी गर्दै यही २० गतेलाई मिति तोकेको हो ।


पाटन संयुक्त क्याम्पसमा गत चैत १६ का लागि तय भएको स्ववियु निर्वाचन स्थगित भएपछि उच्च अदालत पाटनमा मुद्दा परेको थियो । चैत २५ मा सुनुवाइ गर्दै अदालतले तत्काल निर्वाचन गराउन आदेश दिएको हो ।


क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनसहितको सहमतिमा मिति तय गरिएको निर्वाचन अधिकृत छविराम बरालले बताए ।