Ad Image

धादिङको गल्छी र थाक्रे गाउँपालिकाका आपाङ्गता भएका व्यक्तिका लागि अचार बनाउने तालिम

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745500060.jpg

धादिङ । बागमती प्रदेश सरकारले धादिङको गल्छी गाउँपालिका र थाक्रे गाउँपालिकाका आपाङ्गता भएका व्यक्तिका लागि अचार बनाउने तालिम दिने भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणका लागि आपाङ्गता भएका व्यक्तिका लागि नि:शुल्क तालिमको अयोजना गर्ने भएको हो ।

 

गुप्तेश्वरी आपाङ्गता संघले बुधबार एक सूचना जारी गर्दै दुवै गाउँपालिकाका इच्छुक आपाङ्गता भएका व्यक्तिलाई तालिममा सहभागि हुन आग्रह गरेको छ । सूचना जारी भएको मितिले ७ दिनभित्र तालिमका लागि आवेदन दिन समेत अनुरोध गरिएको छ ।

 

तालिम सञ्चालनका लागि बागमति प्रदेश सरकारले पाँच लाख बजेट उपलब्ध गराएको छ । गुप्तेश्वरी आपाङ्गता संघले समेत तालिमका लागि ५० हजार रकम छुट्याएको जनाएको छ ।

 
संघका अध्यक्ष राजु रेग्मीले आपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजगार बनाउनका लागि संघको पहलमा तालिम आयोजना हुन लागेको जानकारी दिए । उनले भने, ‘हामी उहाँहरुलाई तालिम दिने छौं । त्यसपछि उहाँहरुले बनाएको अचार हामी बजारसम्म पुर्याउने छौं ।’ तालिमबाट अपांगता भएका व्यक्तिहरु आर्थिक रुपमा सबल हुनेमा आफू विश्वस्त रहेको समेत अध्यक्ष रेग्मीले बताए ।