Ad Image

सर्वाेच्चको आदेश–भुटानी शरणार्थीलाई अमेरिका जानुपूर्वको अवस्थामा राख्नु

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745500164.jpg

काठमाडौं । सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट हुँदै नेपाल आएलगत्तै पक्राउ परेका चार भुटानी शरणार्थीलाई अमेरिका जानुअघिको अवस्थामा राख्न आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बिहीबार उनीहरुलाई अमेरिका जानुअघिको अवस्थामै राख्न आदेश दिएको हो ।

 

अमेरिकामा तेस्रो देशमा पुनर्वास हुनुअघि उनीहरू झापाको शरणार्थी शिविरमा थिए । उनीहरुलाई झापाको बेलडागी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा स्थान हद तोकेर राख्नु भनी आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अच्यूत कुइकेल जानकारी दिए । सर्वोच्च ६० दिनभित्र उनीहरूमाथिको अनुसन्धान टुंग्याउन पनि आदेश जारी गरेको छ । अदालतको आदेशपछि अब प्रहरीले उनीहरुलाई थुनामुक्त गर्नेछ ।