गोदावरी नगरपालिका–६ मा निःशुल्क स्वास्थ्य शिविर हुँदै


ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं ६ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । आनन्दवन अस्पताल तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र टिकाभैरवको आयोजनामा आगामी वैशाख १५ गते शिविर सञ्चालन हुन लागेको हो ।
शिविर वैशाख १५ गते सोमबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । वडाभित्र हुने शिविरका लागि आज वडा कार्यालयले सूचना जारी गर्दै शिविरमा सहभागी हुन वडाबासीलाई आग्रह समेत गरेको छ ।
शिविरमा सामान्य चेकजाँचका साथै हाडजोर्नी, छाला रोग, बाल रोग, स्त्रीरोग सम्बन्धी परिक्षण, आँखा परिक्षण, सल्यचिकित्सा सम्बन्धी विशेषज्ञ चिकित्सकद्धारा परिक्षण तथा परामर्श सेवा उपलब्ध हुने छ । साथै शिविरमा औषधी समेत निःशुल्क वितरण हुने वडा कार्यालयले जनाएको छ ।