सशस्त्र प्रहरीका १२ डीआईजीको सरुवा, को कहाँ ?


काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १२ जना नायव महानिरीक्षक (डीआईजी) र ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट बिहीबार गृह मन्त्रालयले ६ वटा प्रदेशका प्रमुख र बाहिनी हेरफेर गरी सरुवा गरेको छ । जसअनुसार सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेको कोशी प्रदेशको बराह बाहिनीमा सरुवा भएको छ । दीपेन्द्र शाह गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनी र दीपेन्द्र कुँवर लुम्बिनी प्रदेशको विन्ध्याबासनी बाहिनीमा सरुवा भएका छन् ।
यसैगरी डीआईजी कृष्ण ढकाल मधेस प्रदेशको छिन्नमस्ता बाहिनी, अन्जनी पोखरेल बागमती प्रदेशको गढीमाई बाहिनीमा पुगेका छन् । कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट हाल कंगो मिसनमा रहेकाले सरुवामा परेका छैनन् । सुदूरपश्चिमको वैद्यनाथ बाहिनीमा प्रदीप पाललाई लगिएको छ ।
यसअघि बराह बाहिनीमा रहेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा सरुवा गरिएको छ । छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । गढीमाई बाहिनीबाट सरुवा भएका गणेश ठाडा मगरलाई कार्य विभागमा तानिएको छ ।
मुक्तिनाथ बाहिनीबाट कुलबहादुर नेम्वाङलाई मानव स्रोत विभागमा र विन्ध्याबासनी बाहिनीबाट प्रदीप पाल वैद्यनाथ बाहिनीमा सरुवा गरिएको छ । वैद्यनाथ बाहिनीमा कार्यरत दीपक अधिकारीलाई पनि मानव स्रोतमा सरुवा गरिएको छ । प्रवक्ताको जिम्मा भने तोक्न बाँकी छ ।
हेर्नुहाेस् सुचीः