Ad Image

स्रोत नखुलेको साढे ९ लाख रकमसहित तीन जना भारतीय पक्राउ

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746274764.PNG

पर्सा । पर्सामा स्रोत नखुलेको साढे ९ लाख रकमसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेको बिआर २२ पी ८३०० नम्बरको स्कार्पियो गाडीमा लुकाएर राखेको अवस्थामा ९ लाख ५९ हजार रकमसहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।  

 

पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारण, बेतिया ग्राम पंचायत वडा नं.७ निवासी ५९ वर्षीय विजय प्रसाद, जौकटिया ग्राम पंचायत वडा नं.१२ निवासी ४६ वर्षीय मनोज कुमार सहनी र छाउनी चोक ग्राम पंचायत वडा नं.२७ निवासी ४३ वर्षीय सन्तोष कुमार श्रीवास्तव रहेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

 

प्रहरीका अनुसार वीरगञ्ज भन्सार कार्यालको जाँच बिन्दु नजिकबाट उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरुले सवारी साधनको पछाडिको सिटमा रहेको पकेटभित्र उक्त रकम लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।