अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ


काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ९० मिलिग्राम सहित कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका-११ नेपाल चोकबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही सैनामैना नगरपालिका-१० पानबारी बस्ने ३२ वर्षीय पर्वत श्रीसमगर र ३४ वर्षीय अशोक विक रहेका छन् । शनिवार दिउँसो अस्थायी प्रहरी पोस्ट भड्डिहवाबाट खटिएको प्रहरीले लु-२९ प २१०० नम्बरको स्कुटरमा सवार उनीहरूलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
यस्तै लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ३० मिलिग्राम सहित मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका-१६ बस्ने ३६ वर्षीय सुजन विक रहेका छन् । शनिवार साँझ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
यसै गरी अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ८० मिलिग्राम सहित मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलवारी नगरपालिका-३ बस्ने २५ वर्षीय मिलन धिमाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध सहित शनिबार दिउँसो पक्राउ गरेको हो ।
यसै गरी लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम सहित मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-२० बस्ने ४० वर्षीय राजकुमार बस्नेत र २३ वर्षीय मदन बुढाथोकी रहेका छन् । शनिवार साँझ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध फेनारगन ६२ एम्पुल, नोर्फिन ६२ एम्पुल र डाईजेपाम ६२ एम्पुल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३१ बस्ने ३० वर्षीय आसिक जलारी र तनहुँ शुक्लागण्डकी नगरपालिका-३ बस्ने २२ वर्षीय प्रदीप विक रहेका छन् । अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुस्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग-१ ख ९२६९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित शनिबार बेलुका पक्राउ गरेको हो ।
यस्तै मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २५ ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अजित दोङ र २१ वर्षीय बिनय लामा रहेका छन् । प्रहरी चौकी पदम पोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित शनिवार दिउँसो पक्राउ गरेको हो ।
यसै गरी लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय २० मिलिग्राम सहित २ जनालाई बारा जिल्लाको विश्रामपुर गाउँपालिका-५ नकटुवाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय शेख फैईयाज र आदर्श कोतवाल गाउँपालिका-२ खजुरिया बस्ने ३५ वर्षीय नितेश कुमार कोइरी रहेका छन् । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध शनिवार राति पक्राउ गरेको हो ।
त्यस्तै अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ९० मिलिग्राम सहित झापा, गौरीगंज गाउँपालिका-२ परेवा खोपीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-५ स्कुलचन्द बस्ने २२ वर्षीय अभिषेक राई र दमक नगरपालिका-३ बांगुबारी बस्ने २२ वर्षीय दिपेश बानिया रहेका छन् । प्रहरी चौकी कोरोबारी समेतबाट खटिएको प्रहरीले बा-२८ प ५३८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित शनिबार साँझ पक्राउ गरेको हो ।
यी सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।