विष्णुपुर गाउँपालिकाको विद्यालयमा शिक्षक कक्षाकोठामा सुतिरहेको अवस्थामा फेला

टोलीले ११ः३० बजेको समयमा विष्णुपुर गाउँपालिका अन्तर्गत जनता आधारभूत विद्यालय, सिम्राहा सिगियोनमा अनुगमन गर्दा शिक्षक लालबहादुर यादव र कार्यालय सहयोगी रघुनाथ यादव कक्षाकोठामै विद्यार्थी पढ्ने र शिक्षक पढाउने किताब सिरानी बनाएर सुतिरहेको अवस्थामा भेटिएका थिए।

No Author Assigned | २०८१ भदौ ५ गते २०:१९
Image of storage/news/1724224609.jpg

विष्णुपुर गाउँपालिकाको शिक्षा समिति सदस्य तथा वडा नं. १ का अध्यक्ष बलराम यादव र शिक्षा संयोजक रामेन्द्रनाथ यादवसहितको विद्यालय अनुगमन टोलीले कक्षाकोठामा शिक्षकलाई सुतिरहेको अवस्थामा फेला पारेको छ।

 

टोलीले ११ः३० बजेको समयमा विष्णुपुर गाउँपालिका अन्तर्गत जनता आधारभूत विद्यालय, सिम्राहा सिगियोनमा अनुगमन गर्दा शिक्षक लालबहादुर यादव र कार्यालय सहयोगी रघुनाथ यादव कक्षाकोठामै विद्यार्थी पढ्ने र शिक्षक पढाउने किताब सिरानी बनाएर सुतिरहेको अवस्थामा भेटिएका थिए।

 

यस्तै, जनता मावि खुरहुरियामा अनुगमन गर्दा केही शिक्षकशिक्षिका अनुपस्थित रहेका थिए भने आधारभूत विद्यालय मुसहर्नियामा पनि शिक्षक, शिक्षिका अनुपस्थित रहेको अनुगमन टोलीले जनाएको छ।


Facebook Comments