देउमाइ नगरपालिकाले दिदैँ आएको एकल पुरुष र तेस्रो लिंगीको सामाजिक सुरक्षा भत्ता स्थगित
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिका बैठकको निर्णय अनुसार सामाजिक सुरक्षा कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर दाहालले जानकारी दिए।
No Author Assigned | २०८१ भदौ ६ गते १६:४८
देउमाइ नगरपालिकाले एकल पुरुष र तेस्रो लिंगीलाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता कार्यक्रम स्थगित गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिका बैठकको निर्णय अनुसार सामाजिक सुरक्षा कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर दाहालले जानकारी दिए।
नगरपालिकाले गत आर्थिक वर्षमा १९८ जना एकल पुरुषलाई भत्ता उपलब्ध गराएको थियो, जसका लागि २३ लाख २७ हजार रुपैयाँ खर्च गरिएको थियो। तेस्रो लिंगीका लागि मासिक ५०० रुपैयाँ भत्ता दिने व्यवस्था रहे पनि हालसम्म सो भत्ता लिन पालिकामा कुनै पनि आवेदन परेको छैन। नगरपालिकाले सुत्केरी स्याहार, दाहसंस्कार, र दीर्घरोगी सहयोग कार्यक्रमलाई भने निरन्तरता दिएको छ।
Facebook Comments