काठमाडौं महानगरको आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रबाट साउनभरिमा ७२० जनाले लिए निःशुल्क आयुर्वेद औषधी

काठमाडौं महानगरपालिकाले ववरमहलस्थित वडा कार्यालयको भवनमा स्थापना गरेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रबाट साउन महिनामा ७२० जनाले निःशुल्क आयुर्वेद औषधी लिएका छन्।

No Author Assigned | २०८१ भदौ १६ गते १०:५०
Image of storage/news/1725179312.jpg

काठमाडौं महानगरपालिकाले ववरमहलस्थित वडा कार्यालयको भवनमा स्थापना गरेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रबाट साउन महिनामा ७२० जनाले निःशुल्क आयुर्वेद औषधी लिएका छन्।

 

आरोग्य जीवन स्वर्णिम योजनाका फोकल पर्सन तथा वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीका अनुसार केन्द्रले २० प्रकारका आयुर्वेद औषधी निःशुल्क वितरण गर्दै आएको छ। ग्याष्ट्रिक, पिनास, र बाथ रोगका विरामीहरूको उपचारमा केन्द्रित सेवामा सर्वाधिक माग ग्याष्ट्रिकका लागि भएको छ।

 

केन्द्रमा वैद्य निरीक्षक मञ्जुश्री ठाकुर र वरिष्ठ वैद्य पार्वती रावलले सेवा प्रदान गर्दै आएका छन्। भविष्यमा पूर्वकर्म, अकुपङ्चर, योग परामर्श, र आरोग्य जीवनसँग सम्बन्धित अन्य सेवाहरू सञ्चालन गर्ने योजना रहेको महानगरपालिकाले जनाएको छ।


Facebook Comments