नेकपा एमालेद्वारा मेयर बालेनलाई जनविपरीतका निर्णय नगर्न आग्रह
प्रतिनिधिसभामा बोल्दै एमाले सांसद रघु पन्तले मेयर शाहले राम्रो काम गरे समर्थन रहेको बताउँदै, जनतालाई मर्का पर्ने निर्णय नगर्न आग्रह गरेका हुन।
No Author Assigned | २०८१ भदौ २४ गते ००:१०
नेकपा एमालेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई जनताको हितविपरीतका काम नगर्न सुझाव दिएको छ।
प्रतिनिधिसभामा बोल्दै एमाले सांसद रघु पन्तले मेयर शाहले राम्रो काम गरे समर्थन रहेको बताउँदै, जनतालाई मर्का पर्ने निर्णय नगर्न आग्रह गरेका हुन। पन्तले शाहले सुरु गरेको स्कुलहरूको नाम नेपालीमा राख्ने कामको प्रगतिबारे प्रश्न उठाउँदै, जनताको हितमा काम गर्न सुझाव दिए।
उनले सर्वोच्च अदालतले गरेको खोला किनारामा थप २० मिटर छोड्नुपर्ने फैसलाका कारण लाखौँ जनता विस्थापित हुने भन्दै सरकार पुनरावलोकनको तयारीमा रहेको जानकारी पनि दिए।
Facebook Comments