ऐरावती गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु
प्युठानकाे ऐरावती गाउँपालिकामा वडास्तरबाटै राष्ट्रिय परिचयपत्र वितरणको कार्य सुरु भएको छ। जिल्ला प्रशासन कार्यालयले गाउँपालिकासँगको समन्वयमा वडाबाटै परिचयपत्र वितरण थालेको हो।
No Author Assigned | ११ महिना अगाडि
प्युठानकाे ऐरावती गाउँपालिकामा वडास्तरबाटै राष्ट्रिय परिचयपत्र वितरणको कार्य सुरु भएको छ।
जिल्ला प्रशासन कार्यालयले गाउँपालिकासँगको समन्वयमा वडाबाटै परिचयपत्र वितरण थालेको हो। बिहीबार १ र २ नम्बर वडामा वितरण गरिएका परिचयपत्र शनिबारसम्म सबै वडामा वितरण गर्ने योजना छ। निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माका अनुसार, भौगोलिक कठिनाइलाई ध्यानमा राखी वडाबाटै वितरण गरी सेवाग्राहीलाई छिटो र छरितो सेवा दिन प्रयास गरिएको छ। उनले यसले समय र पैसाको बचत हुने विश्वास लिएको बताइन्।
जिल्लाका अन्य स्थानीय तहमा पनि यो प्रक्रिया निरन्तरता दिने योजना रहेको छ। वडा स्तरमा पुगेर गरिएको परिचयपत्र वितरणले सेवाग्राहीलाई सजिलो भएको र उनीहरूले खुसी व्यक्त गरेका छन्। आर्थिक वर्ष २०८०-०८१ मा प्युठानमा १७,९३८ जनाले राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका थिए।
Facebook Comments