रुख काटिएपछि विद्युत् प्राधिकरणप्रति पोखरा महानगरका मेयर आचार्य आक्रोशित
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाल विद्युत् प्राधिकरणले समन्वयविना नै पोखरा न्युरोड क्षेत्रमा सडक किनारका रुख काटेपछि आक्रोश व्यक्त गरेका छन्।
No Author Assigned | २०८१ भदौ ३० गते १०:३८
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाल विद्युत् प्राधिकरणले समन्वयविना नै पोखरा न्युरोड क्षेत्रमा सडक किनारका रुख काटेपछि आक्रोश व्यक्त गरेका छन्।
उनले महानगरले ‘ग्रीन पोखरा, क्लिन पोखरा’ परियोजना अन्तर्गत २ लाख २६ हजार बिरुवा रोप्ने लक्ष्य राखेको समयमा रुखहरू निर्ममतापूर्वक काटिएको भन्दै असन्तुष्टि जनाएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत मेयर आचार्यले प्राधिकरणको कार्यप्रति आलोचना गर्दै नगरवासीहरूलाई बिना अनुमतिले रुख काट्न खोजिएको खण्डमा महानगरको हटलाइनमा खबर गर्न अनुरोध गरेका छन्।
Facebook Comments