प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

User Image मेयरसाप सम्पादकीय | २०८१ माघ २९ गते २१:१३
Image of storage/news/1738805933.jpg

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।  बैठक दिउँसो १ः०० बजे देखी सुरू हुनेछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा उधोग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले  ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्ताव प्रस्तुत गर्ने भएका छन ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गराउन प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।


Facebook Comments