भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थको अन्वेषण कार्य ५५ प्रतिशत सम्पन्न

दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्य अन्तर्गत ५५ प्रतिशत ड्रिलिङको काम सम्पन्न भएको छ।

No Author Assigned | २०८१ असोज १ गते २२:३७
Image of storage/news/1726562742.png

दैलेख। दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्य अन्तर्गत ५५ प्रतिशत ड्रिलिङको काम सम्पन्न भएको छ। 

 

चार महिनाभित्र ड्रिलिङ सक्ने लक्ष्य राखिए पनि जमिनमुनिको कडा चट्टानका कारण हालसम्म २२ सय मिटर मात्रै ड्रिलिङ भएको परियोजनाले जानकारी दिएको छ। खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार कुल ४ हजार मिटर ड्रिलिङ गर्नुपर्नेमा हालसम्म ५५ प्रतिशत काम सकिएको छ र मङ्सिर मसान्तसम्म पूरा हुने अनुमान गरिएको छ।

 

चिनियाँ र नेपाली विज्ञहरूको ७० जनाको टोलीले ड्रिलिङको काम गरिरहेको छ। यस परियोजनामा चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँको अनुदान रहेको छ। भूगर्भविद्हरूले ४ हजार मिटर गहिराइसम्म ड्रिलिङपछि पेट्रोलियम पदार्थको सम्भावनाबारे निष्कर्ष निकाल्न सकिने बताएका छन्।

 

अन्वेषण सफल भएमा देशको आर्थिक अवस्था सुधार हुने र ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।


Facebook Comments