मेलौली नगरपालिकामा औद्योगिक ग्राम निर्माणको काम छ वर्षदेखि अलपत्र
मेलौली नगरपालिका–१, ३, ५, र ६ नम्बर वडामा कफलानी क्षेत्रमा औद्योगिक ग्राम स्थापनाका लागि सरकारले स्थान छनोट गरे पनि निर्माण प्रक्रिया अघि नबढेपछि परियोजना रोकिएको हो।
No Author Assigned | २०८१ असोज ४ गते ०२:३३
बैतडी । मेलौली नगरपालिकामा बन्ने भनिएको औद्योगिक ग्रामको निर्माण कार्य छ वर्षदेखि अलपत्र परेको छ। मेलौली नगरपालिका–१, ३, ५, र ६ नम्बर वडामा कफलानी क्षेत्रमा औद्योगिक ग्राम स्थापनाका लागि सरकारले स्थान छनोट गरे पनि निर्माण प्रक्रिया अघि नबढेपछि परियोजना रोकिएको हो।
स्थानमा फलाम, चुनढुङ्गा, तामा खानीसहित अन्य प्राकृतिक स्रोतहरू रहे पनि निर्वाचनको बेला मात्र यो मुद्दा उठ्ने गरेको स्थानीय चिन्तामणि भट्टले बताए। चुनावी वाचाहरु पूरा नहुँदा स्थानीयवासी औद्योगिक ग्रामको सम्भावनामा ढुक्क छैनन्।
सङ्घीय सरकारले बजेट र कार्यविधि पठाए पनि स्थानीय सरकारको तदारुकता अभावले काम रोकिन पुगेको जनाइएको छ। मेलौली नगरपालिकाले विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको भए पनि बजेट अभावका कारण कार्य अघि बढ्न नसकेको नगरप्रमुख चन्दले जानकारी दिए।
Facebook Comments