मिर्चैया नगरपालिका : यता मेयरमाथि पक्राउ पूर्जी जारी  उता मेयर एक हप्तादेखी फरार!

विगत एक सातादेखि नगरपालिकाबाट फरार रहेका मेयर श्रवण कुमार यादवमाथि वडा नम्बर १ मनहर्वामा भएको आक्रमणमा संलग्न रहेको आरोप लागेको हो।

No Author Assigned | २०८१ असोज १० गते १७:१०
Image of storage/news/1727335470.jpg

सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवमाथि ज्यानमार्ने उद्योग मुद्दामा पक्राउ पूर्जी जारी भएपछि उनी फरार भएका छन्। 


विगत एक सातादेखि नगरपालिकाबाट फरार रहेका मेयर श्रवण कुमार यादवमाथि वडा नम्बर १ मनहर्वामा भएको आक्रमणमा संलग्न रहेको आरोप लागेको हो। २०८० बैशाख १६ गते बिहान सडक विवादका क्रममा यादवको नेतृत्वमा दर्जन बढीको समूहले घरेलु हातहतियारले स्थानीयमाथि आक्रमण गरेको प्रकरणमा प्रहरीले मेयरविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। 


मिर्चैया नगरपालिकाका सूचना अधिकारी गणेश गुप्ताले घटनाबारे जानकारी नभएको र कुनै आधिकारिक पत्र प्राप्त नभएको बताए।


Facebook Comments