मिक्लाजुङमा बाढी पहिरोको जोखिमले आज स्कुलहरू बिदा

गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै पहिरो र सडक अवरुद्ध भएका कारण बालबालिकाहरूको सुरक्षामा खतरा हुन सक्ने भन्दै विद्यालय बिदा दिइएको जानकारी गराएका छन।

No Author Assigned | २०८१ असोज ११ गते ०१:३४
Image of storage/news/1727403082.jpg

पाँचथर । लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि मिक्लाजुङ गाउँपालिकाले असोज ११ गते शुक्रबार सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। 


गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै पहिरो र सडक अवरुद्ध भएका कारण बालबालिकाहरूको सुरक्षामा खतरा हुन सक्ने भन्दै विद्यालय बिदा दिइएको जानकारी गराएका छन। 


गाउँपालिकामा तीन वर्षअघि कात्तिक महिनामा परेको अविरल वर्षाले २९ जनाको मृत्यु हुनुका साथै सयौं घर ध्वस्त भएका थिए, जसका कारण पहिरोको जोखिमप्रति पालिका सचेत रहेको छ।


Facebook Comments