सुरक्षा निकायका साथीहरू संविधान रक्षाका लागि तयार हुनुस्: गृहमन्त्री लेखक

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख ५ गते ००:३३
Image of storage/news/1744956611.jpg

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायलाई संविधान रक्षाका लागि तयार बस्न निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन गर्दै यस्तो निर्देशन दिएका हुन् ।

 

गृहमन्त्री लेखकले संविधानभित्रै बसेर विरोध गर्न पाइने तर लोकतान्त्रिक गणतन्त्रको संविधानलाई नै समाप्त गर्न नपाइने समेत बताएका छन् ।

 

‘संविधान च्यात्ने, भत्काउने, फाल्ने कोसिस कुनै हालतमा सह्य हुन सक्दैन। क्षम्य हुँदैन। त्यसकारण सुरक्षा निकायका साथीहरू संविधान रक्षाका लागि तयार हुनुस् ।’ उनले भने, ‘आफूलाई मन नपरेको राजनीतिक दल, नेता, सांसद, मन्त्री र प्रधानमन्त्रीसम्मको विरोध गर्न पाइन्छ तर लोकतन्त्रिक र गणतन्त्रात्मक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन। च्यात्न पाइँदैन। फाल्न पाइँदैन ।’

 

उनले अहिलेको संविधानलाई संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्ने बताएका छन्।

 


Facebook Comments