दीपक मनाङेले फिर्ता लिए फैसला पुनरावलोकनका लागि सर्वोच्चमा दिएको रिट

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेले सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि दिएको निवेदन फिर्ता लिएका छन् । पुनरावलोकनको निवेदनमाथि सुनुवाइ हुन समय लाग्ने भएपछि मनाङेले निवेदन फिर्ता लिएका हुन् ।
कात्तिक २० गते सर्वोच्च अदालतले ज्यान मार्ने कसुरमा दोषी ठहर गर्दै मनाङेलाई कैद सजाय फैसला गरेको थियो । गुरूङले फैसला पुनरावलोकनका लागि माघ ४ गते निवेदन दिएका थिए।
पुनरावलोकनका लागि उनले दिएको निवेदन पेशी चढे पनि सुनुवाइ हुन सकेको थिएन। उनले पुनरावलोकन रिट फिर्ताका लागि सोमबार निवेदन दिएका थिए।
उक्त निवेदनमा सुनुवाइ गर्दै बिहीबार कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासबाट निवेदन फिर्ताको माग अनुसार नै आदेश भएको छ । गुरूङ हाल डिल्लीबजार कारागारमा थुनामा छन्।
Facebook Comments