शिक्षकमाथि बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु कुशासनको अर्काे उदाहरण हो : शेखर कोइराला

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख १४ गते ०६:४१
Image of storage/news/1745760666.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकका माग सम्बोधन गर्न अनुरोध गरेका छन् । शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भएको उल्लेख गर्दै उनले शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्न मागसमेत गरेका छन् ।

 

‘पठन पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ, यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी वल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो,’ कोइरालाले भने, ‘अब धेरै ढिला भयो, एक दुई दिन मै समस्या समाधान गरी पठन पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’


Facebook Comments